Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पृथ्वीको तापमान बढ्दा अब लामखुट्टे ‘आतंक’

काठमाडौं । जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा लामखुट्टेको संख्या पनि बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।

तातो वातावरणमा लामुखुट्टेका लार्भा सिकार गर्ने किरालाई कठिनाइ हुँदा लामखुट्टे नियन्त्रण गर्न समस्या हुने अनुसन्धानकर्ताको ठहर छ।

यसैगरी तातो वातावरणमा लामखुट्टेका लार्भाको विकास द्रुत गतिमा हुने र यसलाई सिकार गर्ने गाइने किरालगायत अन्य सिकारी किरालाई लार्भा खाने अवसर सीमित हुने अध्ययनको निष्कर्ष छ।

अनुसन्धानकर्ताले यस्तो अवस्थामा लार्भाबाट वयस्क लामखुट्टेमा विकास हुने दर दुई गुणाले बढ्ने आकलन गरेका छन्। अनुसन्धानका क्रममा रिचमन्डस्थित जेम्स नदी र सो नदीको वरपर चट्टाननजिकका पोखरीछेउछाउ बस्ने लामखुट्टेको अध्ययन गरिएको थियो।

‘यस्तो अवस्थामा सबैले मन नपराउने यो किराको संख्या अत्यधिक बढ्ने देखिएको छ,’ अध्ययनको नेतृत्व गरेका प्रमुख अनुसन्धानकर्ता एन्ड्र्यु डेभिडसनले प्रेस विज्ञप्तिमा भनेका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077