Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, राष्ट्रियसभा सदस्य उम्मेदवार छान्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने तय भएको हो ।

पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार चयन गर्न बैठक बस्न लागेको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।

बैठकमा आगामी पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077