Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मसाल जुलुस प्रदर्शन गर्दै मन्त्री किरातीको पुत्ला दहन

    मसाल जुलुस प्रदर्शन गर्दै मन्त्री किरातीको पुत्ला दहन

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 735
    SHARES

    बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको बुटवलमा पुत्ला दहन भएको छ ।

    केही दिनअघि मन्त्री किरातीले दिएको अभिव्यक्तिविरूद्ध सनातन धार्मिक अगुवाहरूले अस्पताल लाइनमा मसाल जुलुस प्रदर्शन गर्दै पुत्ला दहन गरेका हुन् ।



    गत पुस ५ गते काठमाडौंमा भएको क्रिसमस महोत्सवमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान नमान्नु सरह भएको र संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको अभिव्यक्ति दिएका थिए ।



    उक्त अभिव्यक्तिपछि मन्त्री किरातीको चौतर्फी आलोचना भइरहेको छ ।

    वर्षौंदेखि मिलेर बसेका जातजाति, भाषाभाषी र धर्मावलम्बीहरूका बीचमा मन्त्री किरातीको अभिव्यक्तिले वैमनश्यता ल्याएको भन्दै मन्त्री पदबाट राजीनामा दिनुपर्ने उनीहरुको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार