Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिकट वितरणमा पूर्ण रूपमा न्याय हुन्छ, आज नपाउने भोलि टिकट पाउँछन् : सभापति देउवा

तनहुँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले टिकट वितरणमा पूर्ण रूपमा न्याय गर्ने बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको आज उद्घाटन तथा कांग्रेसको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्र पूर्णरुपमा न्याय हुने बताएका हुन् ।

उनले भने, “पार्टीभित्र पूर्णरुपमा न्याय हुन्छ, हिजो नपाएकाहरूले आज पाउँछ, आज नपाउनेले भोलि टिकट पाउँछ ।” उनले बैमनश्यता त्यागेर पार्टीभित्र एकता हुन आवश्यक रहेको बताए ।

एकतालाई बलियो बनाउन पनि आगामी दिनमा टिकट वितरणमा न्याय गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077