Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन तस्करीका फरार अभियुक्तको गृहमन्त्रीसँगै सम्पर्क रहेको रवि लामिछानेको दाबी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न अभियुक्तको गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगै सम्पर्क रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले दाबी गरेका छन् ।

चिनियाँ गिरोहको नेतृत्वमा संलग्न जीवन चलाउनेलाई गृहमन्त्री श्रेष्ठले जोगाएको उनको दाबी छ । सोमबार पत्रकार सम्मेलनमा लामिछानेले गृहमन्त्रीमाथि गम्भीर आरोप लगाएका हुन् ।

सुन तस्करीमा संलग्नहरुको विषयमा भेटेरै प्रमाणहरू दिदा पनि जोगाएको लामिछानेको आरोप छ । अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारी तथा जीवन चलाउनेको मन्त्री र उनको टिमसँग निकटस्थ सम्बन्ध भएको र उनीहरुलाई जोगाइएको लामिछानेको दावी छ ।

अधिकारीमाथि विस्तृत छानबिन नै भएन भने चलाउनेलाई प्रहरीले नै भगाएर फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अधिकारी र चलाउनेको चिनियाँ गिरोहका नाइके दावा छिरिङसँग निकटस्थ सम्बन्ध पुष्टि भएको थियो । तर, उनीहरु पक्राउ नपर्नुले लामिछानेको आरोपलाई आधार दिएको छ ।

चलाउनेलाई सिआइबीले बोलाएर थुनामा नराखी छाडिदिएको थियो । तारेखमा छुटेका उनलाई पछि फरार प्रतिवादी बनाएर मुद्दा चलाइयो । हालसम्म उनलाई पक्राउ गर्न सिआइबीले चासो दिएको छैन । अहिले पनि विदेशमा बसेर उनले अवैध धन्दा चलाइरहेको स्रोत बताउँछ । केही प्रहरी अधिकारीले नै उनलाई संरक्षण दिएको बताइन्छ ।

उनीहरुजस्तै सुन तस्करीमा जोडिएका दिपेश पुन लगायतलाई गृहमन्त्रीकै दबाबमा मुद्दा नचलाइएको स्रोत बताउँछ । त्यसकारण लामिछानेको आरोपको गृहमन्त्री श्रेष्ठले खण्डन गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077