काठमाडौं । काठमाडौंको भाटभटेनीमा रहेको भाटभटेनी अपार्टमेन्टमा बालिकामाथि बलात्कार भएको छ ।
तर, आरोपीलाई अदालतले धरौटीमा छाडिदिएको छ । व्यापारी प्रकाश कुमार श्रेष्ठ बलात्कार आरोपमा गत १२ मंसिरमा पक्राउ परेका थिए ।
चाबहिलको बस स्टेसनमा राती एक्लै भेटिएकी १५ वर्षिया एक किशोरीलाई बसुन्धारास्थित घरमा पुर्याइदिने भन्दै आफ्नो गाडीमा राखेर भाटभटेनी अपार्टमेन्टमा लगेर बलात्कार गरेको अभियोग उनीमाथि थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायधीश उत्तम सिलुवालले आइतबार श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएका हुन् । घटनाकै दिन अपार्टमेन्टबाट मालिगाउँ वृत्तले श्रेष्ठलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो ।
अभियुक्त श्रेष्ठले सिभिल मल र केएल टावरमा व्यवसाय गर्दै आएका छन् । अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार राती करिब १० बजे ती किशोरीले सुरुमा बसुन्धारा कहाँ पर्छ भनेर सोधेकी थिइन् ।
बसुन्धारा पुर्याइदिने भन्दै गाडीमा लिएर गएका उनले आफ्नो अपार्टमेन्टमा लगेका थिए । पछि किशोरीकी दिदीले गाली गरेपछि उनले अपार्टमेन्टबाट बसुन्धारा लगेर छाडेका थिए ।
त्यसअघि नै आफुमाथि बलात्कार भएको उनको भनाई छ । सोही दिन उनीहरुले प्रहरीमा उजुरी गरेका थिए । उनको ढोकाको लक फुटाएर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो । यस्तो गम्भीर घटनामा पनि न्यायाधीशले आरोपीलाई छाडेपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले पनि आश्चर्य मानेका छन् ।
Leave a Reply