Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन तस्करहरुलाई जोगाउन गृहमन्त्री श्रेष्ठ नै लागिपरेका छन् : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करीमा संलग्नलाई जोगाउन लागिपरेको आरोप लगाएका छन्।

नारायणघाट–बुटवल सडक खण्डमा पदयात्रामा निस्कनुअघि पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले यस्तो आरोप लगाएका हुन्।

सभापति लामिछानेले गृहमन्त्री श्रेष्ठमाथि सुन तस्करी ढाकछोप गर्न लागेको आरोप लगाए । अध्यागमन विभागका महानिर्देशक झलकाराम अधिकारीलाई मन्त्रालय तानेर गृहमन्त्री श्रेष्ठले जोगाउन लागिपरेको लामिछानेको भनाइ छ।

अधिकारीको अभियुक्त दावा छिरिङसँग बारम्बार म्यासेज आदन–प्रदान भएको प्रमाण लगेर दिँदा पनि कारबाही नभएको उनले बताए।

६१ किलो सुन प्रकरणमा गृहमन्त्रीको सचिवालय र अधिकारीबीच पनि सम्बन्ध रहेको लामिछानेको दाबी छ।

सभापति लामिछानेले गृहमन्त्रीलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको आरोप लगाए ।

उनले आफूले सुन तस्करीको प्रमाण सिंहदरबारस्थित गृहमन्त्रीको क्याबिनमै पुगेर देखाएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077