Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • निर्यात अर्ब रुपियाँमा खुम्चियो

    निर्यात अर्ब रुपियाँमा खुम्चियो

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 726
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालबाट विदेशी मुलुकमा हुँदै आएको निर्यात निरन्तर खुम्चिँदै आइरहेको छ ।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशी मुलुकमा हुने निर्यात ६३ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ ।



    जबकि गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशमा ६७ अर्ब ३० करोड रूपैयाँको सामान निर्यात भएको थियो ।



    गत आर्थिक वर्षको तुलनामा चालु आवको पाँच महिनाको निर्यात ६.०९ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक ९ वर्षको साउनमा १३ अर्ब ५२ करोड रूपैयाँको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।

    त्यसैगरी चालु आवको दोस्रो महिना अर्थात् भदौमा निर्यात बढेर २६ अर्ब ४४ करोड रूपैयाँ पुग्यो । असोजमा निर्यात बढेर ४० अर्ब ८७ करोड रूपैयाँ पुग्यो ।

    त्यसैगरी कात्तिकमा पनि निर्यात बढेर ५० अर्ब ५६ करोड रूपैयाँ पुगेको थियो । मंसिरमा भने निर्यात बढेर ६३ अर्ब २० करोड पुगेको छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार