Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • गाजामा जारी द्वन्द्व तत्काल अन्त्य हुने प्यालेस्टिनी राष्ट्रपति महमुदको विश्वास

    गाजामा जारी द्वन्द्व तत्काल अन्त्य हुने प्यालेस्टिनी राष्ट्रपति महमुदको विश्वास

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 621
    SHARES

    रमल्लाह । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार आगामी क्रिसमसको दिन गाजा र कब्जा गरिएको प्यालेटिनी क्षेत्रका बाँकी भूभागमा द्वन्द्व अन्त्यको दिन हुने विश्वास व्यक्त गरेका छन् ।

    “यो हमला, जबरजस्ती विस्थापन र हजारौँ घरलाई ध्वस्त पार्ने प्रयासबाट हाम्रा कुनै पनि व्यक्ति अछुतो रहेनन्”, क्रिसमसका अवसरमा उनले एक भाषणमा भने,“रगतको खोलो, ठूलो बलिदान, पीडा र आफ्नो भूमिमा प्यालेस्टिनी जनताको वीरतापूर्ण दृढ स्वतन्त्रता तथा मर्यादाको बाटो हो ।”



    गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार गाजापट्टीमा जारी इजराइली हमलामा पछिल्लो २४ घण्टामा कम्तीमा एक सय ६६ प्यालेस्टिनीको मृत्यु र तीन सय ८४ जना घाइते भएको जनाएको छ ।



    प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार गाजापट्टीका अधिकांश भागमा हवाई, स्थल र समुद्रबाट तीव्र इजराइली बमबारीका साथै भूमिगत कारबाही जारी रहँदा त्यतिका सङख्यामा प्यालेस्टिनीको ज्यान गएको हो ।

    अल–जायटोन छिमेकको पूर्वी बाहिरी इलाका र गाजा सहरको दक्षिणी इलाकामा पछिल्लो केही घण्टामा सबैभन्दा तीव्र झडपहरू भएको र यसक्रममा विस्फोटको आवाज पनि सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    यसैबीच इजराइली सेनाले मध्य देइर अल–बलाह सहरमा अल–बराका छिमेकमा मानवीय उद्देश्यका लागि सैन्य गतिविधिलाई अस्थायी रणनीतिक निलम्बनको घोषणा गरेको छ । यो निलम्बन छ घन्टासम्म चल्नेछ ।

    इजराइली सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा लडाइँमा आठ सैनिक मारिएको र १३ जना घाइते भएका छन् ।गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ मा युद्ध सुरु भएयता हालसम्म २० हजार चार सय २४ प्यालेस्टिनी नागरिक मारिएका छन् भने ५४ हजार ३६ जना घाइते भएका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार