Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविलाई खोया प्रहार गर्ने रानाभाटको बयान - म लड्दा उछिट्टिएर खोया स्टेजमा पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने सन्तोष रानाभाटलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

सार्वजनिक शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार १० दिनभित्र अनुसन्धान गरेर रानाभाटविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ ।

रास्वपाले शनिबार पोखरामा आयोजना गरेको सभामा सभापति लामिछानेले बोल्दै गर्दा रानाभाटले खोया प्रहार गरेका थिए । खोया प्रहार भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तर रानाभाटले भने लामिछानेलाई लक्षित गरेर खोया प्रहार नगरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले लिएको प्रारम्भिक बयानमा उनले आफू लड्दा उछिट्टिएर खोया स्टेजमा पुगेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077