Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१८ इ गाउँमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चालक स्वयंले चलाएको से ५ प ४७७५ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते कामीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका कामीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077