Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ललितपुरलाई हराउँदै काठमाडौं एनएसएलको प्लेअफमा

    ललितपुरलाई हराउँदै काठमाडौं एनएसएलको प्लेअफमा

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 957
    SHARES

    काठमाडौं । ललितपुर सिटी एफसीलाई पराजित गर्दै काठमाडौँ रेजर्स नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुगेको छ । साविक विजेता काठमाडौँलाई प्ले अफमा स्थान बनाउन लिग चरणको अन्तिम खेल कुर्नुपर्ने भएको हो ।

    काठमाडौँसँगको हारका बावजुद पनि ललितपुर चौथो स्थानमा रहेर प्ले अफ खेल्ने भएको हो । शनिवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको लिग चरणको अन्तिम खेलबाट प्लेअफ पुग्ने अन्तिम टोली बनेको काठमाडौंले ललितपुर सिटी एफसीलाई १–० गोलले हरायो ।



    काठमाडौंका लागि पहिलो हाफको इन्ज्युरी समयमा आन्द्रेस नियाले गरेको गोल निर्णायक भयो । काठमाडौंको जितले ८ खेलमा १० अङ्क भएर पनि गोल अन्तरका आधारमा झापा एफसी बाहिरिएको छ ।



    यो जितसँगै काठमाण्डौ ८ खेलमा १२ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यसअघि नै प्लेअफ पुगिसकेको ललितपुर यो हारले ८ खेलमा १० अङ्कसहित चौथो स्थानमा झरेको छ ।

    एनएसएलको क्वालिफायरमा सोमवार पोखरा र धनगढीबीच खेल हुनेछ । यो खेल जित्ने टोली फाइनलमा पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार