Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।

पुस २ र ३ गते लगातार दुई दिन बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन मिति तय गर्नेदेखि विधान संशोधन मस्यौदामाथि छलफल गर्दै आएको छ ।

महाधिवेशन केन्द्रित विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको बताइए पनि सचिवालयले यी विषयलाई टुङ्ग्याउन सकेको छैन ।

३ गते बसेको सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेका थियो ।

आज ११ बजेपछि बस्ने गरी स्थगित बैठक पार्टी कार्यालय आलोकनगरमा बस्दै छ । आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077