Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपाल सुपर लिग : आज लिग चरणका अन्तिम दुई खेल हुँदै

    नेपाल सुपर लिग : आज लिग चरणका अन्तिम दुई खेल हुँदै

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 543
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा बुटवल लुम्बिनी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुन लागेको हो ।

    बुटवल लुम्बिनी ७ अंकसहित तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा छ भने वीरगञ्ज ८अंकसहित सातौँ स्थानमा छ। दुवै टोली प्रतियोगितामा जित निकाल्दै प्लेअफ प्रवेश गर्ने लक्ष्यमा हुनेछन् ।



    आजै अपराह्न ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको भ्याली डर्बी भिडन्त हुँदैछ। काठमाडौं रेजर्स ९ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। ऊ ललितपुरलाई पराजित गर्दै प्लेअफ प्रवेश गर्न चाहन्छ।



    १० अंकसहित तेस्रो स्थानमा रहेको ललितपुर पनि प्लेअफ प्रवेशका लागि जितको दबाबमा छ । तर अर्को खेलको नतिजा अनुकुल भएमा बराबरीको नतिजालेसमेत ललितपुरलाई प्लेअफको बाटो खुल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार