Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नारायणी नदीमा हामफालेर एक महिलाको मृत्यु

चितवन । चितवनको नारायणी पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ ।

नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफाल्दा जनकपुर उपमहानगरपालिका वडा ५ घर भएकी ३१ वर्षीय सङ्गीताकुमारी साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जनकपुर घर भए पनि उनी रोजगारको लागि भरतपुर महानगरपालिका वडा नम्बर १० मा परिवार सहित बस्दै आएका थिए ।

शुक्रवार दिउँसो ११ः४० बजे नदीमा हामफालेपछि प्रहरीले खोजी कार्य गरेको थियो ।

घटना पश्चात् विपद् सहितको प्रहरी टोली र स्थानीय मोटर बोर्ड द्वारा तत्काल उद्धार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077