एजेन्सी । करिब ३०० भारतीय यात्रु बोकेर निकारागुआ गइरहेको एउटा विमान फ्रान्समा अवतरण भएको छ ।
मानव तस्करीको आशंकामा ३०० भारतीय बोकेको विमान फ्रान्समा अवतरण गरिएको हो ।
विमानका यात्रुहरूलाई हिरासतमा लिइएको र उनीहरू ‘मानव तस्करीको शिकार’ हुन सक्ने बताइएको छ ।
यो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो र अहिले पनि भात्री विमानस्थलमा छ ।
इन्धन भर्न यहाँ ल्याएको थियो । यो ए३४० विमान रोमानियाली कम्पनी लेजेन्ड एयरलाइन्सले सञ्चालन गरेको जानकारी दिइएको छ ।
Leave a Reply