Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपाल सुपर लिग : चितवनसँग हारेसँगै झापाको प्लेअफ सम्भावना कम

    नेपाल सुपर लिग : चितवनसँग हारेसँगै झापाको प्लेअफ सम्भावना कम

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 732
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले झापा एफसीलाई हराउँदै सान्त्वना जित निकालेको छ ।

    शुक्रबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा चितवनले झापालाई २–० गोलले पराजित गरेको हो ।



    चितवनको जितमा रफिक अमिनुले नै दुई गोल गरे । यो हारसँगै झापाको प्लेअफ सम्भावना अन्य टोलीको नतिजामा निर्भर रहने छ ।



    यो जितसँगै चितवन ८ खेलमा ९ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

    झापा ८ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । चितवनको प्लेअफ खेल्ने सम्भावना यसअघि नै सकिसकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार