Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बालिकालाई बन्धक बनाएर यौनजन्य कार्यमा लगाउने गेस्ट हाउसका म्यानेजर पक्राउ

    बालिकालाई बन्धक बनाएर यौनजन्य कार्यमा लगाउने गेस्ट हाउसका म्यानेजर पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । मानव बेचबिखन ब्युरोले बालिकालाई यौनजन्य काममा लगाएको आरोपमा एक गेस्ट हाउसका म्यानेजरलाई पक्राउ गरेको छ।

    काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा म्यानेजरको काम गर्ने नुवाकोट तादी गाउँपालिका-६ का २४ वर्षीय सुमन तामाङलाई ब्युरोको टोलीले पक्राउ गरेको हो।



    तामाङले नयाँबसपार्कमा रहेका बिभिन्न होटल तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेका थिए ।



    सोही सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्याबृत्ति तथा यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाहरुलाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो ।

    उद्धार गरिएका बालिकाहरू १४, १६, १७ र २० वर्षका छन्। उनीहरूलाई होटलमा वेटरको काम लगाइदिन्छु भन्दै ललाइ फकाइ ल्याएर यौनकार्यमा लगाएको पाइएको छ ।

    उनीहरूलाई त्यस्तै कामका लागि अन्य गेस्ट हाउसमा जानबाहेक त्यहाँबाट बाहिर जान नदिने गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले होटल सञ्चालको खोजी गरिरहेको छ। म्यानेजर पक्राउ परेपछि सञ्चालक फरार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार