Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काली विदेशमन्त्री साब्रीबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काली विदेशमन्त्री साब्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 603
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ।

    सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका विदेशमन्त्री साब्रीबीच भेटवार्ता भएको हो।



    भेटमा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।



    यसअघि बिहीबारै श्रीलङ्काका विदेशमन्त्री साब्रीले परराष्ट्रमन्त्री एनपी साउसँग भेट गरेका थिए ।

    भेटमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि हवाई सम्पर्कमा वृद्धि, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदानमा केन्द्रित रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार