Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जम्मु कश्मिरमा पाँच सैनिक मारिए, दुई घाइते

    जम्मु कश्मिरमा पाँच सैनिक मारिए, दुई घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी पाँच सैनिक मारिएका छन् ।

    आतंकवादी समूहले जम्मु–कश्मीरको राजौरी जिल्लामा सैनिकका दुईवटा गाडीलाई निशाना बनाएर थापेको एम्बुसमा परी अरु दुई जवान घाइते भएका छन् । घटनापछि सैनिकले आसपासको क्षेत्रलाई घेरा हालेर कारबाही जारी राखेको छ ।



    सैनिक गाडी एम्बुसमा परेपछि आतंकवादी समूहले अन्धाधुन्ध गोली चलाएको थियो। यस क्षेत्रमा आतंकवादी समूह लुकेको सूचनाका आधारमा सैन्य अभियान सुरु गरिएको थियो ।



    गत महिना राजौरी जिल्लाकै बाजीमल वनमा भएको झडपमा सेनाका दुई क्याप्टेनसहित ५ जनाको मृत्यु भएको थियो। उक्त घटनामा आतंकवादी समूह लस्कर ए तोयबाको संलग्नता रहेको र शीर्ष कमाण्डर क्वारी मारिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार