Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्ष, आजदेखि भर्ना खुल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षका लागि भर्ना आह्वान गरेको छ ।

त्रिवि शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले सेमेप्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अधिस्नातक तह पीजीडी एजुकेशन (पीजीडी ईडु) कार्यक्रमका लागि भर्ना आह्वान गरेको हो ।

तीन सेमेस्टरमा पढाइ हुने गरी विभिन्न १४ वटा विषयमा पीजीडी एजुकेशन कार्यक्रमका लागि भर्ना खुलाएको कार्यालयले जनाएको छ । पहिलो सेमेस्टरमा भर्नाका लागि आजदेखि माघ ११ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।

शिक्षा सङ्काय बाहेकबाट स्नातक गरेका शिक्षक बन्न चाहनेले पनि भर्ना हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077