Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न राप्रपाको माग

    पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न राप्रपाको माग

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 990
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ ।

    बिहीबार एक विज्ञप्तिमार्फत राप्रपाले मन्त्री किरातीलाई बर्खास्त गर्न माग गरेको हो ।



    बिहीबार एक विज्ञप्तिमार्फत राप्रपाले संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने बताएको हो ।



    एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्मसहित अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैरसंवैधानिक, सामाजिक सद्‌भाव बिथोल्ने, असहिष्णु र विभाजनकारी रहेको राप्रपाको ठहर छ ।

    मन्त्री किरातीले एक कार्यक्रममा सम्बोधन गर्दै भनेका थिए, ‘क्रिस्चियनलाई मान्दिन भन्नू संविधान मान्दिन भन्नू हो । संविधान मान्दिन भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हाल्दिने हो ।’ अहिले सो अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार