Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपाल सुपर लिग : वीरगञ्जसँग काठमाडौं पराजित, ओपोकुको ‘ह्याट्रिक’

    नेपाल सुपर लिग : वीरगञ्जसँग काठमाडौं पराजित, ओपोकुको ‘ह्याट्रिक’

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 675
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा वीरगञ्ज युनाइटेड एफसीले काठमाडौं रेजर्स एफसीलाई पराजित गरेको छ ।

    बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले काठमाण्डौलाई ४–१ गोलले पराजित गरेको हो । पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफमा वीरगञ्जले ३ गोल गर्‍यो ।



    वीरगञ्जको जितमा विलियम ओपोकुले ह्याट्रिक गरे भने सुनिल खड्का एक गोल गरे । यस्तै काठमाडौंका जुनिएर ओन्गुइनले एक गोल गरे ।



    यो जितसँगै वीरगञ्जले ७ खेलमा ८ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । वीरगञ्जले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । ७ खेलमा ९ अङ्कसहित पाँचौँ स्थानमा रहेको काठमाण्डौको पनि प्लेअफ सम्भावना कायमै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार