Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसलाई ‘अन्तरघात गर्ने रोग’ लागेको छ, आउँदो चुनावमा बहुमत ल्याउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातबाट मुक्त गर्दै आउँदो चुनावमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गरेका छन् ।

बिहीबार पार्टीको मधेश प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, “हाम्रो पार्टीलाई अन्तरघात गर्ने रोग लागेको छ, त्यसबाट मुक्त गर्दै पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्नुहोला ।”

सभापति देउवाले नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा पार्टी लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077