Online Nepal
  • बुधबार, २ माघ २०८१
  • प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि

    प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 669
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

    ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । १४ दिन चल्ने प्रतियोगितामा ३२ खेल हुनेछ।



    राउन्ड रोबिन लिगपछि प्लेअफ, इलिमिनेटर र फाइनल खेल हुनेछन् । पहिलोपटक राउन्ड रोबिनका आधारमा प्रतियोगिता सञ्चालन हुन लागेकामा सहभागी सबै टिमका कप्तानले खुसी व्यक्त गरेका छन् ।

    प्रतियोगिताको पहिलो दिन आज चार खेल हुनेछन्। त्रिवि मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा गण्डकी र लुम्बिनी आमनेसमाने हुनेछन्।

    मूलपानीमा साबिक विजेता सुदूरपश्चिमले एपीएफको सामना गर्दा दोस्रो खेलमा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार