काठमाडौं । पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ ।
कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।
न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो।
मिर्गौला रोगपीडितसमेत रहेका पूर्वमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको हो।
विसं २०५१ मा कालीकोटमा नेकपा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायकमन्त्री भएका थिए ।
Leave a Reply