Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एनसेल काण्ड ढाकछोप गर्न खोजिएको लेखा समितिका सभापति पोखरेलको आरोप

    एनसेल काण्ड ढाकछोप गर्न खोजिएको लेखा समितिका सभापति पोखरेलको आरोप

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 819
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।

    सभापति पोखरेलले एनसेल प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल चलाएपछि आक्रोश व्यक्त गरेका हुन् ।



    उनले सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गर्दै भनेका छन्, ‘सरकारी सुन्ड मुसन्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु ।’



    उनले मंगलबार अर्को समितिले यस विषयमा छलफल चलाएको भन्दै आक्रोश व्यक्त गरे । उनले एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन राज्य व्यवस्थापन समिति आफ्नो कार्यक्षेत्र भन्दाबाहिर गएको आरोप लगाए ।

    सुशासन समिति बैठकमा मंगलबार एनसेल प्रकरणलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ मागिएको थियो ।

    प्रचण्डले एनसेल प्रकरणमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको उनले बताएका थिए । एनसेलले कानूनविपरीत कुनै काम गरेको छ भने हदैसम्म कारबाही गर्ने उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार