Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइ सम्बन्धी निर्णय आज हुँदै

    सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइ सम्बन्धी निर्णय आज हुँदै

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 696
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी निर्णय आज आउने भएको छ ।

    सो निर्णय सुनाउनको लागि आज बिहान ११ बजे संसदीय समितिको बैठक बस्न लागेको हो । गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो ।



    मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ थालेको थियो । सोमबार सुनुवाइ सकिएको थियो । उक्त सुनुवाई समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् ।



    संसदीय सुनुवाइ सकिएका प्रस्तावित ६ न्यायाधीशमा सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन् ।

    समितिबाट नाम अनुमोदन भए राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार