काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ ।
मङ्गलवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने बताइएको छ ।
यस्तै बैठकमा महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ने भन्नेबारेमा पनि छलफल भएको छ । केन्द्रीय कमिटीको सङ्ख्या कस्तो बनाउने, महाधिवेशन चुनावको विधि कसरी गर्ने भन्नेबारेमा पनि छलफल भइरहेको छ ।
साथै विधानमा ७० वर्षको उमेरको सीमा तोकेको भए पनि सबै खालका उमेर समूहलाई समेटेर लैजानेबारे पनि छलफल भइरहेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।