Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बस र ट्रक ठोक्किँदा चारजना गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोक्किँदा चारजना गम्भीर घाइते भएका छन् ।

मङ्गलवार पौने ६ बजे दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ५ ख ९६४१ नम्बरको यात्रु बाहक बस ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

रोकिएको ट्रकमा ठक्कर दिँदा बसमा बसेका ४ यात्रु च्यापिएका थिए ।

बसमा रहेका अन्य यात्रु सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077