Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टीलाई एकतावद्ध बनाएर ठूलो पार्टी बनाउँछु : सभापति देउवा

कास्की । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाएर ठूलो पार्टी बनाउने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको मंगलबार पोखरामा आयोजित सभामा उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो संक्षिप्त मन्तव्यको क्रममा पार्टी भित्र अन्तरघात भएको स्वीकारे तर ‘जसरी भए पनि एक गराएर, एकता गराएर हाम्रो पार्टीलाई भरसक बहुमतको पार्टी बनाऊँ, नभए पनि ठूलो पार्टी बनाऔं’ भन्ने आह्वान गरे ।

‘पार्टीमा एकता हुन्छ कि हुँदैन भन्ने चिन्ता छ तर एकतावद्ध बनाउने विश्वास छ,’उनले भने । उनले यो संविधान समावेशी, समानुपातिक प्रणालीमा एउटा पार्टीको बहुमत सम्भव नभएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077