Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवालाई लक्षित गर्दै पौडेलले भने - प्रधानमन्त्री हुने पालो आउँदैछ भनेर मौन नबसौं

पोखरा । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री बन्ने पालो आउँदैछ भनेर मौन बस्न नहुने बताएका छन्।

पोखरामा मंगलबार भएको गण्डकी कांग्रेसको प्रथम सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । सभापति शेरबहादुर देउवातर्फ लक्षित नेता पौडेलले सरकारले गरेका नराम्रा काममा समर्थन गर्न नहुने बताए।

नेता पौडेलले भने,‘हामीले समर्थन गरेको गठबन्धनको प्रधानमन्त्रीले कति महिनाभित्र के-के काम गर्ने हो भन्ने कुरा स्पष्ट भन्न सक्नुपर्छ । मेरो पालो आउँदैछ, सरकारले केही पनि गरेन भने पनि मैले बोल्न हुँदैन भनेर हामी नबसौं। ०८४ को चुनावमा हामीले जित्ने स्थिति बन्यो भने अहिले पालो नपाए पनि त्यसबेला पालो पाइन्छ।’

सरकारले काम गरेन भने प्रधानमन्त्री हुने पालो आए पनि ०८४ को चुनावमा केही नहुने उनले बताए । उनले काम नगर्ने भए सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने बताए।

उनले अबको चुनावमा उम्मेदवार छान्दा केन्द्रबाट नभई प्राइमरी इलेक्सनबाट उम्मेदवार छानिनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077