Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेयर बजारको उत्साह कायमै, ४५ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ ।

साउन १५ यता पहिलो पटक बजारले २१ सय अंक नाघेको हो ।मंगलबार नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ बिन्दुमा अडिएको छ ।

यसदिन बजारमा १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन आइतबार मात्रै २७.७५ अंकले बढेको बजारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

त्यस्तै, सोमबार ३८.१४ अंकले बढेको बजारमा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँको कारोबार भएको थियो । यस साता नेप्से परिसूचकको उछाल निरन्तर रहेको छ ।

आजको कारोबारमा ९ वटा कम्पनीको सेयरमा सकिर्ट लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077