Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • एनसेल प्रकरणमा मेरी छोरीलाई जोड्नु लोकतन्त्रमाथिको हमला हो : प्रधानमन्त्री प्रचण्ड

    एनसेल प्रकरणमा मेरी छोरीलाई जोड्नु लोकतन्त्रमाथिको हमला हो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 924
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिद प्रकरणमा आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको बताएका छन् ।

    मंगलबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताए ।



    छलफलका क्रममा सांसदहरुले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नता छ भनेर सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे समेत प्रश्न गरेका थिए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘ सतीशलालसँग शेरबहादुर देउवा पनि बस्नुभएको छ, केपी ओली पनि बस्नुभएको छ । तर यसको अर्थ सिष्टमका विरुद्ध कोही जान्छ भन्न अनुहार हेरेर मानिँदैन । राष्ट्र र जनताको हित मुख्य हो ।’

    अघिल्लो पटक एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने नेताहरुमध्ये आफू पनि एक भएको प्रचण्डले दाबी गरे । अहिले पनि जालझेलको प्रयास भएको भन्दै उनले हर हालतमा त्यसलाई रोक्ने बताए ।

    त्यसका लागि आवश्यक परे कानुनी छिद्रहरु समेत टाल्ने उनले बताए । आफ्नो स्वकीय सचिव समेत रहेकी छोरी गंगालाई जोडेर गरेको प्रचार झुटो भएको प्रचण्डले बताए । अहिलेको परिर्वतन उल्टाउन चाहने शक्तिहरुलाई प्रचण्डलाई ह्युमिलेट गरेर डिप्रेस नगरेसम्म हुन्न भन्ने लागेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार