Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई रविको प्रश्न - एनसेलबारे छानबिन गर्न किन छुट्टै समिति बनाइयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई एनसेल प्रकरणमा करछली गरेको कुरा लुकाउने व्यक्तिलाई नै किन संयोजक बनाएको भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै काण्ड हुने बित्तिकै कारबाही नगरेर किन छानबिन समिति बनाएको भन्दै प्रश्न तेर्स्याए।

सांसद लामिछानेले प्रचण्डलाई एनसेल प्रकरणमा करछली गरेको कुरा लुकाउने व्यक्तिलाई नै किन संयोजक बनाएको भन्दै प्रश्न गरे। सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठन गरेको छ।

लामिछानेले प्रश्न गरे, ‘सरकारी नियामक निकायहरु हुँदाहुँदै किन छुट्टै छानबिनका समिति बनाइयो ?’

सांसद लामिछानेले सरकारी निकायहरुलाई अविश्वास गर्दा सबै प्रणाली नै ध्वस्त हुनसक्ने चेतावनीसमेत दिए । उनले एनसेलमा जहिल्यै पनि झुक्याउने काम भइरहेको बताए।

उनले रसञ्चार प्राधिकरणले आफ्नो क्षेत्राधिकार भित्र रहेर कारबाही गर्नुपर्नेमा किन निकम्मा बनाइरहनुभएको छ ? भन्दै प्रश्न समेत गरे। उनले समितिको काम कारवाहीबाट नियमकको नियमाकीय अधिकारमा कुनै हस्तक्षेप र असर नपार्ने समेत दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077