काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिद-बिक्री स्वाभाविक नभएको बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफू गम्भीर रहेको बताए ।
एनसेल खरिदबिक्रीमा कहिँ न कहिँ गडबडी भएको प्रधानमन्त्री प्रचण्डको आशंका छ । उनले खरिद विक्री प्रक्रिया चलेका बेला आफू दुबैमा कोपमा रहेको बेला भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले एनसेलको सेयर खरिदबिक्रीका क्रममा विदेशमा भएका गतिविधिमा अनुसन्धानबाट कानुनविपरीत पाइए हदैसम्म कारबाही हुने प्रतिबद्धता जनाए ।
उनले एनसेलको सेयर खरिदबिक्रीका क्रममा कानुनविपरीत गतिविधि भएको पाइएकाले छानबिन समिति गठन गरिएको बताए । छानबिन समितिबाट देखिएका निष्कर्षका आधारमा सरकारले हदैसम्मको कारबाही गर्ने पनि स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन भएको र करछलिको कुरा समाचारमा आएपछि चासो लागेर छानबिनमा लागेको बताए ।
प्रधानमन्त्री प्रचण्डले छानबिन समिति कुनै पनि निकायलाई ओभरल्याप गर्नका लागि गठन नगरिएको स्पष्ट पारे ।
Leave a Reply