Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • राज्य व्यवस्था समितिको बैठकमा पुगे प्रधानमन्त्री प्रचण्ड

    राज्य व्यवस्था समितिको बैठकमा पुगे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 585
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।

    प्रधानमन्त्री प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् । समितिमा एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदैछ।



    एनसेलमा ८० प्रतिशत हिस्सा शेयर ओगट्ने रेनोल्ड होल्डिङ्स नामक सेन्ट किट्समा दर्ता भएको कम्पनीको स्वामित्व हालै मलेसियाको आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको घोषणा गरेको थियो ।



    कम्पनी खरिद बिक्रीको निर्णय सार्वजनिक भएपछि यो कारोबार आकस्मिक र अविश्वसनीय रहेको भन्दै प्रश्न उठेको छ ।

    सत्ता गठबन्धन र विपक्षी दलका कतिपय नेताहरुले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा उच्च राजनीतिक नेतृत्वको मिलेमतो हुनसक्ने आशंका गर्दै सार्वजनिक अभिव्यक्ति दिने गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार