एजेन्सी । इजिप्टको राष्ट्रपतिमा अब्देल फतेह अल–सिसी तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
यही डिसेम्बर १० र १२ मा भएको चुनावको मत परिणामअनुसार उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
समाचार संस्था अल जजिराका अनुसार सिसीले चुनावका क्रममा खसेको मतको ८९.६ प्रतिशत प्राप्त गरेका छन् । सोमबार मतगणना भएको हो ।
आयोगका प्रमुख हेजेम बदावीका अनुसार इजिप्टमा ६६.८ प्रतिशत मतदान भएको थियो । मतदानमा ३ करोड ९० लाखभन्दा बढी व्यक्ति सहभागी भएका थिए ।
Leave a Reply