Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपाल सुपर लिग : धनगढी र काठमाडौंबीचको खेल बराबरीमा सकियो

    नेपाल सुपर लिग : धनगढी र काठमाडौंबीचको खेल बराबरीमा सकियो

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 834
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र काठमाडौं रेजर्स एफसीले बराबरी खेलेका छन् ।

    सोमबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा धनगढी र काठमाण्डौले १–१ गोलको बराबरी खेलेका हुन् ।



    धनगढीका लागि १४ औँ मिनेटमा अहमद हिजाजीले गोल गरे । यस्तै काठमाडौंका लागि ६६ औँ मिनेटमा किङ्गे ओलिभरले गोल फर्काए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि १–१ अङ्क बाँडे ।



    यो बराबरीसँगै धनगढीले ६ खेलमा १२ अङ्क जोडेको छ । प्रतियोगितामा अपराजित रहेको धनगढी शीर्ष स्थानमा यथावत् छ । काठमाडौं ६ खेलमा ९ अङ्कसहित चौथो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार