Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

    मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 687
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गरिने बताएका छन्।

    सोमबार दिउँसो त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूमा हुने राजनीतिक नियुक्तिहरूमा राजनीतिक भागबण्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त गर्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको यो दीक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दीक्षान्त समारोहको तमाम श्रृङ्खलामा एउटा रेकर्ड हुन गयो। म आज यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबण्डाको अन्त्य गर्ने मेरिटको आधार भिसी लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईंहरूको अगाडि व्यक्त गर्दछु।’

    उनले यसका लागि खुला प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभरि रहेका विज्ञ नेपालीहरूलाई आह्वान पनि गरे।

    प्रधानमन्त्रीले राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति हुनका लागि अग्रसर हुन अपील गरे।

    प्रधानमन्त्रीले यसका निम्ति खुला प्रतिस्पर्धामा आउन विज्ञहरूलाई आह्वान समेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार