Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामीलाई प्रधानमन्त्रीको रिपोर्ट कार्ड चाहिएको छ : शेखर कोइराला

नुवाकोट । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रिपोर्ट कार्ड आफूहरूले मागिरहेको बताएका छन्।

नुवाकोट कांग्रेसको जिल्ला सम्मेलनलाई सोमबार सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले मन्त्रीहरूलाई पुस ५ देखि १० गतेसम्म काठमाडौं उपत्यका नछाड्न भनेको सुनिएको उल्लेख गर्दै नेता कोइरालाले प्रधानमन्त्रीकै रिपोर्ट कार्ड माग गरिएको बताए।

नेता कोइरालाले भने, ‘सरकारको कामकारबाहीको कुरा आइराखेको छ। अर्थमन्त्रीजी यहीँ हुनुहुन्छ, पुस ५ देखि १० गतेसम्म मन्त्रीजीहरूलाई काठमाडौं नछाड्न प्रधानमन्त्रीले भनेको सुनेको छु। रिपोर्ट कार्ड हेर्ने होला। म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु।अनि प्रधानमन्त्रीले मन्त्रीका रिपोर्ट कार्ड लिनेरु हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो। प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ।’

प्रचण्ड प्रधानमन्त्री बनेको पुस १० गते एक वर्ष पुग्दैछ।  संसदीय व्यवस्थामा मन्त्रीहरूले जतिसुकै काम गरे पनि त्यसको जसअपजस प्रधानमन्त्रीले लिनुपर्ने उनले बताए।

अहिले गणतन्त्रमाथि देशैभर आक्रमण भइरहेको कोइरालाले बताए । उनले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077