Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३८ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ ।

३८ अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो ।

यो कारोबार रकम झण्डै एक वर्षयताकै उच्च हो । गत २६ पुस २०७९ मा ७ अर्ब २९ करोडको कारोबार भएको थियो ।

सोमबार कुल १६५ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो भने ५ को स्थिर रह्यो ।

अघिल्लो दिनसम्म हाइड्रोपावर समूहमा आकर्षण देखिएकोमा यस दिन माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077