Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारामा पाँच लाख घुससहित वडाध्यक्ष रंगेहात पक्राउ

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा बाराका एक वडाध्यक्षलाई पक्राउ गरेको छ ।

अख्तियारले सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जितपुर सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो।

वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए ।

जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077