एजेन्सी । अर्जेन्टिनामा आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
अरु १४ जनाभन्दा धेरै घाइते भएका छन् । यस्तै, छिमेकी देश उरुग्वेमा दुई जनाको ज्यान गएको छ ।
एक सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधी र मुसलधारे वर्षाले रुखहरु ढाल्नुका साथै विभिन्न संरचना भत्काउँदा जनधनको क्षति भएको अजेन्टिनाका अधिकारीहरुले बताएका छन् ।
आँधीका कारण पूर्वी अर्जेन्टिनाका धेरै ठाउँमा विद्युत् सेवा बन्द भएको छ ।
Leave a Reply