काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आजबाट सुरु हुँदैछ ।
मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो । बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ ।
बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने छ ।
बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने पनि बताइएको छ ।