Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसले तीन दर्जन युक्रेनी ड्रोन खसाल्यो

एजेन्सी । रुसी वायु रक्षाले देशका विभिन्न क्षेत्रमा ३३ वटा युक्रेनी ड्रोन खसालेको छ ।

रुसको लिपेटस्क, रोस्तोभ र भोल्गोग्राद क्षेत्रहरूमा '३३ वटा युक्रेनी ड्रोनहरू' 'नष्ट र अवरोध' गरिएको रुसी रक्षा मन्त्रालयले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ ।

भोल्गोग्राद क्षेत्रका गभर्नर एन्ड्रे बोचारोभले ड्रोन आक्रमणले त्यस क्षेत्रमा कुनै पनि हताहती वा विनाश ननिम्त्याएको बताउनु भएको छ।

पछिल्ला दिनहरूमा रुसको सुरक्षा संयन्त्रले शङ्कास्पद ड्रोनहरू माथि निगरानी बढाएको छ र सकेसम्म नष्ट गर्ने रणनीति अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077