Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • एसीसी यू-१९ एसिया कपको उपाधि बंगलादेशलाई

    एसीसी यू-१९ एसिया कपको उपाधि बंगलादेशलाई

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 966
    SHARES

    काठमाडौं । एसीसी यू-१९ एसिया कपको उपाधि बंगलादेशले जितेको छ। घरेलु टिम युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

    बंगलादेशले दिएको १८३ रनको लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ८७ रनमै अलआउट भयो। युएईका ध्रुव परासरले सबैभन्दा बढी नटआउट २५ रन जोडे।



    अक्षत राइले ११ रन जोड्दा अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा बंगलादेशका मारुफ मृधा र रोहनत बोरसनले ३/३ विकेट लिए।



    इकबाल हुसेन र शिख जिबोनले २/२ विकेट हात पारे। आइतबार दुबईमा घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २८२ रन जोडेको थियो ।

    बलिङमा युएईका अयमन अहमेदले ४ विकेट लिए। यसअघि सेमिफाइनलमा युएईले पाकिस्तान र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।

    प्रतियोगितामा नेपालले पनि भाग लिएको थियो। नेपालले समूह चरणमा भारत, पाकिस्तान र अफगानिस्तान तीनै टिमसँग हार बेहोरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार