Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डप्रति लेखनाथको कटाक्ष - लुम्बिनीबाट सुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन !

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’ भएको टिप्पणी गरेका छन् ।

अखिल क्रान्तिकारीको पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपानेले सामाजिक सन्जालमार्फत् प्रचण्डप्रति कटाक्ष गरेका हुन् । प्रचण्डकी नातिनी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकी छोरीको बिहे शुक्रबार गोकर्ण फरेष्ट रिसोर्टमा भव्यरुपमा गरिएको विषयलाई लिएर नेता न्यौपानेले यस्तो व्यंग्य गरे ।

माओवादी केन्द्रले अहिले चलाइरहेको रुपान्तरण अभियानको बेलामा जनयुद्ध लडेर आएका नेताको परिवारका सदस्यको बिहेको तामझाम बहसको विषय बनिरहेको छ ।

नेतृत्वको आलोचना गर्न नडराउने नेताको रुपमा चिनिने लेखनाथ न्यौपानेले लुम्बिनी विकास कोषमा विवादित लामाको नियुक्ति र प्रचण्डकी नातिनीको बिहेको सन्दर्भ जोडेर सामाजिक सन्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पार्टीभित्रै आलोचना भएको थियो ।

पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य लामा ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ पर्ने गरेका थिए ।

उनैलाई प्रचण्डले पाँच वर्षका लागि लुम्बिनी विकास कोषको उपाध्यक्षमा गत साउनमा नियुक्त गरेपछि सरकारको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077