Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • एनसेलमा प्रचण्डले अर्बौंको भ्रष्टाचार गर्‍यो भन्नेको मुखमा अहिले बुजो लागेको छ : प्रधानमन्त्री प्रचण्ड

    एनसेलमा प्रचण्डले अर्बौंको भ्रष्टाचार गर्‍यो भन्नेको मुखमा अहिले बुजो लागेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 855
    SHARES

    महोत्तरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिदबिक्री नेपालको कर प्रणाली, विधि विधानभन्दा बाहिर देखिएकाले छानविन थालेको बताएका छन्।

    महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा आफू नेतृत्वको सरकारले थालेका कामबाट आतंकित भएका केही मानिसले एनसेलमा अर्बौंको भ्रष्टाचार गरेको आरोप लगाउने गरेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले मेरो नेतृत्वको सरकारले विश्वव्यापी रूपमा र देशभरि पनि सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा थालेका कामहरू, अर्थतन्त्र सुधारका निम्ति थालेका कामहरूबाट आतंकित भएर मलाई एनसेलमा अर्बौंको भ्रष्टाचार गर्‍यो प्रचण्डले भन्ने प्रचार भएको देखेँ मैले।’

    आफू दुबईमै हुँदा एनसेलको सेयर बिक्री भएका खबर अनलाइनबाट थाहा पाएको उल्लेख गरेका प्रचण्डले नेपाल आएपछि यसबारे गठबन्धन र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको बताए।

    सरकारले सुरू गरेका राम्रा काममा जनताले सहयोग गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। उनले आफूले भूमि र वनसम्बन्धि समस्या समाधानको पहल थालेको बताए।

    उनले नेपालको कुटनीतिक लेबल धेरै माथि उठेको देखेर केही प्रतिक्रियावादी सामन्त दलाल आत्तिएको टिप्पणी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार