धरान । धरानमा यातायातका साधन बन्द गराउँदै हिंड्ने पहिचान पक्षधरका ९ जना कार्यकर्ता पक्राउ परेका छन् ।
कोशी प्रदेश खारेजीको माग राखेर एका बिहानै यातायातका साधन बन्द गराउँदै अशान्ती मच्चाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चन्द्रमाया लिम्बू, रमेश राई, बिष्णु तिङेला, अमित राई, पदम तामाङ, महेन्द्र गुरुङ, शिव इस्बो, शागर धामीर टिएन सुब्बा रहेका छन् ।
पहिचानबादीहरुले कोशी प्रदेशको नाम पहिचानको आधारमा पुनः नामाकरणको माग राखेर शनिबारदेखि प्रदेशका १४ जिल्ला बन्द गरेको छ ।
Leave a Reply